सुर्खेत । काठमाडौ बिश्वबिधालय र नेल्टा कर्णाली प्रदेश सुर्खेतको आयोजनामा शिक्षकलाई शिक्षा सम्बन्धि एक अन्तरकिर्या कार्यक्रम सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न भएको छ । उच्च माध्यमिक तह अध्यापन गराउने वीरेन्द्रनगरका विभिन्न बिद्यालयका अंग्रेजी र सामाजिक विषयका शिक्षकहरुकाे सहभागी थियाे । उक्त कार्यक्रममा शैक्षिक लेखन सम्बन्धि विषयमा काठमाडौ बिश्वबिधालयका प्राध्यापक कासी राज पाण्डेले सहजीकरण गरेका थिए ।
यस्तै, बिद्यालय शिक्षामा आलोचनात्मक चेतना प्रयोग : के मिडिया साक्षरता सहायक हुन सक्छ? ” भन्ने विषयमा काठमाडौ बिश्वबिधालयका प्राध्यापक डाक्टर सुधमशु दाहालले सहजीकरण गरेका थिए भने कलामा आधारित गतिविधिको सन्दर्भमा काठमाडौ बिश्वबिधालयका प्राध्यापक सागर मानन्धरले सहजीकरण गर्नुका साथै आफ्नो धारण राखेका थिए ।
यसैगरी काठमाडौ बिश्वबिधालय कै अर्का प्राध्यापक राजकुमार मानन्धरले स्थानीय स्तर को संगितलाई प्रबर्द्धन गर्दै नयाँ पुस्तामा ल्याउनु पर्छ भन्ने विषयमा जोड दिए । उक्त अन्तरक्रिया कार्यक्रम नेल्टा कर्णाली प्रदेशका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।
शनिबार, बैशाख २९, २०८१मा प्रकाशित गरिएको