सुर्खेत । सुर्खेत वीरेन्द्रनगर वडा नम्बर ११ पिपिरामा इनार सफा गर्ने क्रममा दुइजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का तोर्ण विकको घरको इनार सफा गर्ने क्रमममा निसास्सिएर उनिहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ पिपिरा बस्ने बर्ष ३२ विद्यु प्रसाद रेग्मी र सोही ठाँउका ३१ बर्षिया लक्ष्मी प्रसाद कंडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत सुचना अधिकारी वीरेन्द्रबीर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार अक्सिजनको अभाव भएपछि बेहोस भएका उनिहरुलाई प्रदेश अस्पताल कालागाउँ पु¥याएपछी दुबैजनाको मृत्यु भएको हो ।
सोमबार, आषाढ ०४, २०८१मा प्रकाशित गरिएको