अछाम । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका २ मा एक किशोरी बलात्कृत भएकी छन् । आफनै मामा नाता पर्नेबाट बलात्कृत भई १२ घण्टासम्म बेहोस भएकी किशोरीको नेपाल प्रहरी र स्थानियको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल पु¥याएको उपचारका पछि ३ घण्टामा होस आएको अस्पताल श्रोतले जनाएको छ ।

मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएकी हुन । बलात्कारमा संलग्न १७ बर्षिय मामा पर्ने युवालाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताएका छन । स्थानीयवासीहरुले छारे रोगले बेहोस भएको हुन सक्ने भन्दै उद्धार कार्य ढिलो गरेका थिए ।

होसमा आएकी किशोरीले आफू राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला बलात्कार गरेको बताएपछि घटनाको रहस्य वाहिर आएको हो ।

पीडित किशोरीलाई मंगलबार दिउँसो करिब साढे १२ बजेतिर बेहोस अवस्थामा जिल्ला अस्पताल पु¥याइएको थियो । जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरले अस्पताल ल्याएको ३ घण्टापछि मात्रै पीडितलाई होस आएको बताएकी छिन्। अहिले प्रहरीले छाउगोठ समेत भत्काएको छ ।

सामाजिक रुपमा अन्धविश्वासको रुपमा रहेको छाउप्रथाका कारणले धेरै महिलाहरु महिनावारी भएको बेला वाहिर वस्ने चलनले बलात्कृत हुने मात्र होइन अकालमा ज्यान समेत गुमाउने गरेका छन ।

बुधबार, आषाढ ०६, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957