काठमाण्डौं, जेठ १८ । आईतबार देशभरमा १ सय ६६ जना कोरोना भाइरस कोभिढ १९ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ हजार ५ सय ६७ पुगेको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । संक्रमितममध्ये १ सय ६२ जना पुरुष र ४ जना महिला छन् ।
कोरोना भाइरस कोभिड १९ का कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । शनिबार राति करिब २ बजे ती बालिकाको मृत्यु भएको थियो । बुढीगंगा नगरपालिका १ घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरे । यससंगै देशभरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।
आइतबार, जेठ १८, २०७७मा प्रकाशित गरिएको