एजेन्सि भारत । नेपालमा गत जेष्ठ १५ गते सम्म सुनको आयात महसुल १५ प्रतिशत थियो जेष्ठ १५ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेटमा सुनको आयात महसुल २० प्रतिशत बनाए । भारतमा पनि सुनको आयात महसुल १५ प्रतिशत नै थियो तर यही साउन ८ गतेको बजेटमा त्यहाँका अर्थमन्त्री निर्मला सीतारमणले उक्त महसुललाई ६० प्रतिशतले घटाउदैं ६ प्रतिशत कायम गरेकी छन् ।

नेपालमा आयात महसुल २० तर भारतमा ६ प्रतिशत हँदा नेपालमा भन्दा भारतमा एक तोला सुन १३ हजार देखि १५ हजार रुपैयाँसम्म सस्तो पर्न थालेको छ । मुल्यको यहि ठुलो अन्तरले भारतबाट अनधिकृत रुपमा सुनको आयात बढ्न थालेको छ । नेपालबाट भारु बोकेर सुन खरिद गर्न भारत जानेको संख्या बढिरहेको छ । भारुको खरिद विक्रि मुल्यमा वृद्धि हुनुको कारण पनि यहि हो ।

भारतमा आयात मुल्य ६ प्रतिशत भएपछि त्यहाँका व्यवसायीले अवैध आयात गर्न पनि छाडेका छन् । सुनको क्यारिग चार्ज ८ प्रतिशत भन्दा बढी नहुने भएकाले भारतको नयाँ बजेटपछि तस्करीको सुन भारत पुग्न छाडेको व्यवासयीको भनाई छ ।

मोरगं उद्योग व्यापार संघका उपाध्यक्ष एवम् श्री महालक्ष्मी ज्वैलर्सका सञ्चालक विकास बेगबानीले नेपालले भारतको राजश्व प्रणालीबाट सिक्नुपर्ने धेरै विषय रहेको बताउंदै नेपालका शासक र सरकारी अधिकारीले अहिलेसम्म नबुझको बताए ।


यसरी नेपाली सुन खरिद गर्न भारतीय बजार पुग्न परेपछि भारुको मागमा वृद्धि भएको छ । भारतले सुनचादीको आयात मशसुलमा ६० प्रतिशत घटाएसंगै नेपालको खुला बजारमा भारुको खरिद विक्रि मुल्य वृद्धि भएको छ । यस अघि व्यवसायीले यही साउन ८ गतेसम्म नेपाली १५७ रुपैयाँ ५० पैसामा भारु १ सय खरिद गरिहरेको थिए । साउन ११ गते यता नेपाली रुपैयाँ १६१ देखि १६२ पर्न थालेको छ । यसरी भारतीय बजेटका कारण नेपालको खुला बजारमा १ सय भारुको मुल्य एक हप्ता मै ५ रुपैंयाले बढेको हो ।

नेपाल सरकारले आयात महसुल १० प्रतिशत बनाउने हो भने उपयुक्त हुने व्यवसायीहरुको सुझाव छ ।

बिहिबार, साउन १७, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेत नेपालमा र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्राेडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
दर्ता नं : 15475/078/079

हाम्रो टीम

प्रकाशक : ज्वाला प्राेडक्सन नेपाल
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संवाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957