काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट आजै पारित गर्ने भएको छ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विधेयकमाथि छलफल सकेर आजै पारित गर्नका लागि निर्णयार्थ पेश गरिने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयकमा केन्द्रित भएर सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

त्यसपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि विधेयकमाथिको छलफल अघि बढ्नेछ । छलफलमा दलका शीर्ष नेताहरुले मात्र भाग लिने र विधेयक पारितका लागि निर्णयार्थ पेश गरिने कांग्रेस प्रमुख सचेतक घिमिरेले बताए । आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोल्ने कार्यक्रम रहेको छ ।

प्रमुख दलहरुबीच विधेयकका विवादित प्रावधानमा सहमति जुटिसकेकाले लामो छलफल नगरी आजै पारित गर्न लागिएको हो । कानुन न्याय तथा मानवअधिकार समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको थियो ।

समितिको प्रतिवेदन सभापति बिमला सुवेदीले हिजोको प्रतिनिधिसभा बैठकमा पेश गरेकी थिइन् । विधेयकमाथि छलफल सकिएपछि सभामुखले निर्णयार्थ पेश गर्नेछन् । प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा पठाइनेछ। राष्ट्रिय सभाको बैठक भोलि दिउँसो सवा १ बजेलाई बोलाइएको छ । राष्ट्रिय सभामा पनि भोलि नै विधेयक पेश गर्ने तयारी गरिएको छ ।

राष्ट्रियसभाले पारित गरेपछि सन्देश प्रतिनिधिसभामा सुनाएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइने छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक राजपत्रमा प्रकाशित भएसँगै कानुनका रुपमा कार्यान्वयनमा आउनेछ ।

बुधबार, साउन ३०, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेत नेपालमा र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्राेडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
दर्ता नं : 15475/078/079

हाम्रो टीम

प्रकाशक : ज्वाला प्राेडक्सन नेपाल
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संवाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957