सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामलिा तथा योजना मन्त्री राजिब विक्रम शाहले प्रदेशमा आयोजना हुन थालेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूवर्क सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् । शनिबार प्रतियोगिताका बारेमा छलफल गर्न आयोजना गरिएको एक कार्यक्रममा मन्त्री शाहले सम्बन्धित मन्त्रालय तथा सरोकारवालाहरुले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताए ।

‘हाम्रो प्रदेशमा प्रतियोगिता गर्नका लागि हस्तान्तरण भईसकेको छ, अब हामीले यो मौकालाई कसरी सदुपयोग गर्छौं भन्नेमा सबैको ध्यान गएको देखिन्छ,’ मन्त्री शाहले भने, ‘पहिलोपटक हामीले गर्न थालेको दशौं राष्ट्रिय खेलकुदलाई प्रंसशायोग्य तरिकाले पूरा गर्नुपर्छ, हामी सबै निकाय यसमा कटिबद्ध भएर लाग्नु जरुरी छ ।’

उनले प्रतियोगिताका लागि आर्थिक मामिला मन्त्रालयबाट आवश्यक सहयोगको कमी हुन नदिने प्रतिबद्धता जनाउदै आफ्नो मेरो मन्त्रालयका तर्फबाट गर्नुपर्ने सहयोगमा कमी नहुने र बजेटमा पनि आवश्यकता अनुसारको निर्णय हुने मन्त्री शाहले बताए ।
उनले लामो समयसम्म प्रदेशभित्र खेलकुदका गतिविधि नबढ्नुले सरकारप्रति खेलाडीको गुनासो बढेको बताए। खेलकुदका गतिविधिलाई बढावा दिन उनले प्रदेश खेलकुद परिषदलाई सुझाव दिए ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न कर्णाली प्रदेशका सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट तोकिएको भूमिकाअनुसारको दायित्व पूरा गर्नुपर्ने सुझाव मन्त्री शाहले दिए।

आइतबार, भाद्र ०२, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957