सुर्खेत । सुनचाँदीको मुल्य हालसम्म कै उच्च विन्दुमा पुगेको छ । शुक्रवार सुर्खेत बजारमा १ ला ५० हजार ६ सयमा कारोवार भएको सुनको मुल्य रु. ३ हजारले वृद्धि भई आईतवार १ लाख ५३ हजार ६ सय रुपैया पुगेको छ । १ हजार ८ सय ६० मा कारोवार भएको चाँदीको मुल्य पनि ५० रुपैयाँले बडेर १ एजार ९१० रुपैया पुगेको छ ।
हिन्दु महिलाहरुको महान पर्व हरितालीका तीज नजिकिएसंगै सुनको उपलब्धता कम हुने भएकाल पनि सुनको मुल्यमा वृद्धि हुने गरेको छ । यस्तै सरकारले सुनचाँदीको आयात शल्क भनसार बढाएर २० प्रतिशत बनाए पछि सुनको मुल्य बढेको छ । उता भारत सरकारले आयात शुल्क भन्सार ६० प्रतिशतले घटाएर ६ प्रतिशत बनाईरहंदा नेपाल सरकारले ३३प्रतिशतले बढाएको छ ।
यसरी सुनको मुल्यमा अनपेक्षिक मल्य वृद्धिका कारण सुनचाँदी व्यवसायमा चुनौती थपिएको छ ।
आइतबार, भाद्र ०२, २०८१मा प्रकाशित गरिएको