सुर्खेत । कर्णाली प्रदेशमा १२ घण्टा भन्दा बढी विद्युत्त आपुर्ति नहुँदा सास्ती भएको छ । कोहलपुर सुर्खेतको खण्ड ३३ केभि प्रसारण लाइनमा शनिवार रातभर परेको अविरल बर्षातका कारण समस्या उत्पन्न भई विद्युत्त आपुर्ति नहुँदा प्रदेश राजधानी लगायत अन्य ठाउँमा समस्या भएको हो ।
राष्ट्रिय निकुञ्ज यरिया, पानी परिरहेको समय, अफ्ठ्यारो जंगल रहेको र जंगली जनावरको जोखिमयुक्त स्थानमा लाईन बिग्रिएको भन्दै नेपाल विद्युत्त प्राधिकरणले धेरै समय लागेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।
मर्मत टोली मर्मत स्थलमा पुगिसकेको र फल्ट पनि पत्ता लागिसेको भनेर १० घण्टा अगाडी पोष्ट गरेको प्राधिकरणले अहिलेसम्म पनि मर्मत गर्न सकेको छैन । सरकारी कार्यालय, वित्तिय संस्था विद्यालय जस्ता अनिवार्य विद्युत्त चाहिने स्थानमा काम गर्नै गाह्रो भैसक्यो ।
के साचिक्कै कर्णालीका जनता सधैं यस्तो समस्यामा गुज्रनिुपर्ने हो ? के हेरेर बसेको छ प्रदेश सरकार ?
आइतबार, भाद्र ०२, २०८१मा प्रकाशित गरिएको