सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतले अक्षयकोषको बिस्तृत अध्ययन गर्ने भएको छ । अध्यक्ष सुशीलराज शर्माको अध्यक्षतामा बसेको दोस्रो पुर्ण बैठकले विभिन्न ६ वटा प्रस्ताव माथि छलफल गर्दै यस्तो निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघ सुर्खेतमा विभिन्न दाताहरुको सहयोगमा स्थापना गरिएका अक्षय कोषहरुको अध्ययन गरी आगामी दिनमा व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नेपाल पत्रकार महासघ सुर्खेत शाखाका पूर्व अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी पीताम्बर ढकालको संयोजकत्वमा पारदर्शि र व्यवस्थित बनाउन उपाध्यक्ष सुशील खड्का, कोषाध्यक्ष दिपकजंग शाही, कार्यसमिति सदस्यहरु पंखबहादुर शाही र प्रभा रावत सदस्य रहेको पाँच सदस्यीय अधिकार सम्पन्न कार्यदल समेत गठन गरिएको छ ।

विभिन्न सहयोगी दाताहरुबाट करिव ८ वटा अक्षयकोष रहेको जानकारी दिंदैं अध्यक्ष शर्माले कोषबाट प्राप्त लाभांसबाट विभिन्न बिधामा पत्रकार पुरस्कृत गुर्नपर्ने भएकाले यसको सहि ब्यवस्थापन हुन जरुरी रहेको र अहिलेको नयाँ कार्य समितिले थिति बसाल्ने बताए ।

यो संगै महासंघको आगामी ३ वर्षे कार्ययोजना निर्माण गर्नका लागि सचिव गोविन्द खत्रीको संयोजकत्वमा सहसचिवद्वय नविन सुवेदी र जगतदल जनाला विक, सदस्यहरु मनिषा गुरुङ्ग र दिनेश बुढा रहेको मस्यौदा समिति गठन गरिएको छ ।

यस्तै, कार्यालय नियमित रूपमा सञ्चालन गर्नका लागि एकजना कार्यालय सहायक नियुक्त गर्ने, नवनिर्वाचित समितिलाई नेतृत्व विकास सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पुस्तकालय (ईलाइब्रेरी समेत) स्थापना गर्ने र नेपाल पत्रकार महासंघ एक अग्रणी नागरिक समाज संस्था भएको हैसियतले नागरिकसँग प्रत्यक्ष जोडिएका सुर्खेत जिल्लाका सार्वजनिक सरोकारका विषयमा सार्वजनिक बहस पैरवी गर्ने निर्णय गरेको छ ।

निर्णयकाे प्रति यहाँ उपलब्ध छ । 

बुधबार, पौष १०, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
समाचार : [email protected]
सुचना तथा विज्ञापन : [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957