सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यहरुले सफथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् ।
यहि पौष १९ गते सम्पन्न छैठाैं अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष ओम बहादुर बि.क सहितको १९ सदस्यिय कार्यसमितिले शनिवार आज सफथ संगै पदभार ग्रहण गरेका हुन् । पौष १८ गते सुरु भएको दशौं साधारण पश्चात भएको अधिबेशनमा तीन जना अध्यक्षका आकाँक्षी रहेको भएपनि अन्तत निवर्तमान प्रथम उपाध्यक्षको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा पुन लाल बहादुर सुनार, प्रथम उपाध्यक्षमा सन्जिव बराल, द्वीतिय उपाध्यक्षमा सुनिल रामदाम, तृतिया उपाध्यक्षमा महेन्द्र सुनार, चौथो उपाध्यक्षमा जनक बहादुर सुनार र पाँचौ अध्यक्षमा तुफान सुनार चयन भएका छन् ।
यसैविच, महासचिव गोविन्द बिश्वकर्मा, सचिव विबेक स्वर्णकार, कोषाध्यक्ष बखते सुनार र सह कोषाध्यक्ष राजु खड्काथोकी निर्वाचित भएका छन् भने सदस्यहरुमा मनोज सुनार, नरेश सुनार, शघर्ष सोनी, पदम बहादुर बि.क, बिर बहादुर सुनार, रेशम बहादुर बि.क, महेन्द्र सुनार र ललित सुनार चयन भएका हुन् ।
शनिबार, पौष २०, २०८१मा प्रकाशित गरिएको