काठमाडौं । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरुको थुनछेक बहस आज सक्ने तयारी गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा भइरहेको छ ।
सम्भव भएसम्म आज बेलुकीसम्म बाँकी ३ जना प्रतिवादीहरु कृष्णबहादुर गुरुङ, आरती गुरुङ, र पूर्वसांसद मीना गुरुङका तर्फबाट कानुन व्यवसायीहरुको बहस सक्ने तयारी गरिएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

यसअघि हिजो रास्वपा सभापति लामिछानेतर्फका कानुन व्यवसायीको बहस सकिएको थियो । लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकिएसँगै अर्का प्रतिवादी रामबहादुर खनालतर्फका कानुन व्यवसायीको बहस पनि हिजै शुरु भएको थियो ।

खनालका तर्फबाट भने हिजो उज्ववल सापकोटा र वरिष्ठ अधिवक्ता विरेन्द्र केसीले बहस गरे । खनाल पक्षबाट आज एक जनाले बहस गर्ने श्रेस्तेदार खनालले बताए । आज सबै प्रतिवादीका तर्फबाट बहश सकिएको खण्डमा भोलिदेखि सरकारी वकिललाई जवाफी बहस गराउने अदालतको तयारी छ ।

जवाफी बहस सकिएपछि अदालतले प्रतिवादीहरु सबै वा केहीलाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ ।

बुधबार, पौष २४, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
समाचार : [email protected]
सुचना तथा विज्ञापन : [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957