सुर्खेत । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च भएको छ । यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ ।
सुनचाँदी व्यवसायी संघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर सुर्खेतमा तोलाको १ लाख ७५ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघिको रेकर्ड भाउ १ लाख ७२ हजार रुपैयाँ सम्म थियो ।
संघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७१ हजार ५ सय रुपैयाँ थियो । बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएको थिएन ।
यस्तै, बुधबार तोलामा दुई हजार एक सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर दुई हजार एक सय ५० रुपैंयामा कारोबार भइरहेको छ ।
शुक्रबार, फाल्गुण ३०, २०८१मा प्रकाशित गरिएको