न्याय माग्दै धर्नामा बसेकी निर्मलालाई प्रहरीले गर्‍यो पक्राउ

पेट्रोल छर्केर आगो लगाउन खोज्दा पक्राउ गरिएको प्रहरीको भनाई

ज्वाला अपडेट

१ हप्ता अगाडि

सुर्खेत । श्रीमानाको हत्यारालाई कारवाहीको माग राख्दै उच्च अदालत सुर्खेतको गेटमा धर्नामा बसेकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमानको हत्यारालाई उन्मुक्ति नदिन माग गर्दै अदालत अगाडी धर्नामा बसेकी जुनीचाँदे गाउँपालिका–६ मइपकी निर्मला शाहीसँगै रहेकी उनकी बहिनी सर्मिला शाहीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

जाजरकोट जिल्ला अदालतले रामबहादुरको कर्तव्य ज्यान मुद्दामा चार जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिइ सकेको छ । बाँकी दुई जनालाई धरौटी र दुई जनालाई साधारण तारेकमा छाडेपछि रामबहादुरकी श्रीमती मंगलबारदेखि न्याय माग्दै उच्च अदालत अगाडी धर्नामा बसेकी हुन् ।

श्रीमती निर्मलाले धरौटीमा अदालतले छाडेकोमा चित्त नबुझेको भन्दै छुटेकाहरुलाई थुनामा पठाइ पाउँ भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएकी छन् । निर्मलाले विभिन्न आठ बुदे माग राख्दै उच्च अदालत अगाडी सोमबारदेखि धर्नामा बसेकी थिइन् ।

माघ १७ गते जुनिचाँदे गाउँपालिका ५ स्थित शिवपुरी माध्यामिक विद्यालयमा भइरहेको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हेर्न गएका जुनीचाँदे गाउँपालिका ६ मइपका रामबहादुर शाही माघ १८ गते काहाँरे खोलामा मृत फेला परेका थिए ।

ईलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्णबहादुर रानाको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान अगाडी बढाएको हो भने घटनास्थल थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप टोली खटिएको थियो । घटनास्थलमा रगतजस्तो देखिने रातो पदार्थ भेटिएको र उनको टाउको र कानमा चोट देखिएको प्रहरीले प्रारम्भीक अनुसन्धानको क्रममा बताएको थियो ।

अनुसन्धानको क्रममा रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा जाजरकोट प्रहरीले ९ जनालाई पक्राउ गरेर उनीहरु विरुद्ध जाजरकोट जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । प्रहरीले रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका तुलाकुमारी शाही, बीरबहादुर शाही, जयबहादुर शाही, प्रेमबहादुर शाही, रत्नबहादुर शाही, मैसरा शाही, रेशमबहादुर शाही, रामबहादुर शाही र मैप १ नाबालकलाई पक्राउ गरेको थियो ।

जाजरकोट प्रहरीले उनीहरु विरुद्ध फागन ११ गते अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको हो । अदालतले फागुन १३ गते थुनछेक बहसपछि पाँच जनालाई धरौटी र चार जनालाई कारागार चलान गरिसकेको छ ।

दुई लाख ५० हजारमा रत्न र एक लाख मैसराबाट धरौटी रकम माग गरेर अदालतले उनीहरुलाई छोडन आदेश दिएको जाजरकोट जिल्ला अदालतका सूचना अधिकारी रामसिंह ठकुरीले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार साधारण धरौटीमा रेशम, राम र मैप १ नाबालकलाई अदालतले छाड्ने आदेश दिएको थियो ।

थुनछेक बहसपछि पूर्पपक्षका लागि तुलाकुमारी, बीरबहादुर, जयबहादुर र प्रेमबहादुरलाई कारागार चलान गर्ने आदेश भएको सूचना अधिकारी ठकुरीको भनाई छ । उनकाअनुसार मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ ।

शुक्रबार, चैत्र २१, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
समाचार : karnalihighlights@gmail.com
सुचना तथा विज्ञापन : karnalihighlights@gmail.com
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957