सुर्खेत, असार १० । कोरोना भाइरसका कारणले गर्दा तीन महिनादेखि बजार व्यवसाय बन्द नै छ । त्यसभन्दा अगाडि पनि गत वर्ष असार महिनादेखि सुनचाँदी व्यवसाय अलिकति सुस्त अवस्थामा गइरहेको थियो । त्यतिबेला हामीले बैंकमा भएको सुन पनि उठाउन सक्ने अवस्था थिएन । सुनको मूल्य बढेका कारणले गर्दा बजार चलेको अवस्था थिएन ।
बजारमा सुनको माग नै नआएपछि बैंकबाट सुन उठाउन सकिरहेका थिएनौं । त्यति सुस्त–सुस्त हुँदै गएको व्यापार गत दसैंमा अलिकति बढेको थियो । त्यसपछि मंसिरमा आएर व्यापारमा अलिकति पिकअप भएको थियो । गत चैतदेखि लकडाउन सुरु भयो । तीन महिनाको अवधिमा व्यापार पूर्ण रूपमा बन्द रह्यो । तीन(चार दिनयता लकडाउन अलि खुकुलो भएपछि अहिले १० प्रतिशत मात्र पसल खुला भएका छन् । ती पसलेले मूल्य बढेकाले बिक्री गर्न पाएका छैनन् । बजार बन्द हुँदा ७७ हजार मूल्य रहेको सुनको मूल्य अहिले बढेर ९१ हजार पुगेको छ ।
अझै पनि पूर्ण रूपमा बजार खुल्न सकेको छैन । एकातिर सामाजिक सुरक्षाको डर छ भनेर अर्कातिर शान्ति–सुरक्षाको पनि डर छ । सुनको मूल्य बढेकाले लुटपाट हुने डर पनि छ । यसमा पनि सचेत हुनुपर्ने अवस्था छ । अब बजारमा सुन खरिद गर्नेभन्दा पनि बिक्री गर्नेको संख्या धेरै हुने सम्भावना छ । सार्वजनिक यातायात खुला नभएकाले ग्राहक खरिद गर्न आउने सक्ने अवस्था छैन । लकडाउनको अवधिमा व्यवसायीहरूले जुन आर्थिक क्षति बेहोर्नुप(यो, सरकारले केही प्याकेज ल्याएको खण्डमा व्यवसायीलाई राहत हुन सक्छ भनेर बजेट भाषण अगाडि अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई सुझाव पनि पठाएका थियौं ।
व्यवसायीलाई दुई–तीन महिनाको बैंकले ब्याज छुट दिने व्यवस्था राष्ट्र बैंकले व्यवस्था गरिदिनुप(यो । घरभाडामा घरबेटीले केही छुट दिएको अवस्थामा व्यवसायीलाई राहत हुने थियो । अझै पनि एक वर्षसम्म सुनचाँदी व्यवसाय उस्किन्छ जस्तो लाग्दैन । जबसम्म ग्राहकको क्रयशक्ति बढ्दैन तबसम्म सुनचाँदी व्यवसाय माथि उठ्न सक्दैन । सुनको मूल्य पनि बढेर चरम सीमा नाघेको छ । हाम्रो जस्तो मुलुकमा आर्थिक अवस्था कमजोर भएका उपभोक्ताले सुनका गहना लगाएर शान्ति–सुरक्षा कायम हुन्छ भन्ने अवस्था पनि छैन ।
यसबीचमा गैरआवासीय नेपाली (एनआरएन) हरूले गरगहना किनेर लाने प्रावधान बढेको छ । अहिले विश्वभर समस्या परेको छ । रेमिट्यान्स पनि मुलुकमा भित्रन सकेको छैन । एनआरएनहरूले पनि सुन किनेर लान सक्ने अवस्था छैन । एक वर्षसम्म सुनचाँदी व्यवसाय धराशायी बन्ने अवस्था रहेकाले सरकारले ब्याज मिनाहा र घरबहालको सुविधा गर्दा अलिकति व्यवसायीलाई राहत मिल्छ । बजार खुलेपछि पनि बजारमा सुनको मात्रा धेरै आउने सम्भावना रहेकाले व्यवसायीलाई धान्न पनि कठिन हुन्छ । यस्तो अवस्थामा राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन जारी गरेर सुन बेच्न ल्याएको खण्डमा त्यस सुनलाई कसले होल्ड गर्ने । व्यवसायीलाई ऋण प्रवाह गराएर सुन लिन सक्ने व्यवस्था गराइदिनुप(यो होइन भने सरकारले नै सुन किन्ने निकाय खडा गरिदिनुपर्छ ।
सरकारले नै खरिद गरेको खण्डमा स्रोत पनि खुल्न सक्छ । सरकारको ढुकुटीमा सुन जम्मा गरेर पुनः व्यवसायीसँग आउने वातावरण हुन्छ । यसले गर्दा गैरकानुनी ढंगले आउने सुन निरुत्साहित हुन्छ, तर सरकारलाई राजस्व पनि बढ्न सक्छ ।
बुधबार, आषाढ १०, २०७७मा प्रकाशित गरिएको