सुर्खेत, असार १९ । दिनभर कपाल काटेर गुजारा चलाउँदै आएका सुर्खेतका नाई व्यसायीहरुले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएका छन् ।


विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नाई व्यवसायीहरु मर्कामा परेको भन्दै अरु व्यापारी जस्तै आफ्नो व्यापार पनि सञ्चालन गर्न पाउन भन्ने माग राख्दै शुक्रबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुभाएका हुन् ।

सुर्खेतमा अन्य व्यवसाय खुले पनि सैलुन व्यवसाय सञ्चालनका लागि सरकारले थप निर्णय नगर्दा जीविको पार्जनका लागि समस्या हुँदै आएको सैलुन व्यवसायीहरूको गुनासो छ । सरकारले दिएको ५ किलो चामलले दूई दिन नपुग्ने गुनासो गर्दै बाल बच्चा पालन पोषण गर्ने र दैनिक गुजारा चलाउने पेसालाई लकडाउनले ताल्चा लगाईदिएको नाई व्यवसायी संघ सुर्खेतका सदस्य जय कुमार ठाकुरले बताएका छन् ।

पसल नखुलेपनि भाडा भने चार महिनादेखि चालु रहेकोले थप समस्या परेको नाई व्यवसायी सुविर अन्सारीले बताए । आफुहरुको व्यवसायलाई निरन्तरता दिन प्रशासनले सहजिकरण गरेपछि केहि समस्या समाधान हुने ठाकुरको भनार्इ छ ।

नेपाल र्नाइ संघ सुर्खेतका अनुसार सुर्खेतं उपत्यकामा झण्डै ५० सैलुनहरुका २०० जना युवाहरुको रोजगारी गुमेको छ । अहिले उनीहरू सहित सुर्खेतका सबै सैलुन व्यवसायी ठूलो आर्थिक चपेटामा परेका छन् ।

उनीहरूले पसल सञ्चालन र ऋणको ब्याज मिनाहका लागि पहल गरिदिन समेत प्रशासनलाई आग्रह गरेका छन् ।

शुक्रबार, आषाढ १९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957