सुर्खेत, असार २० । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ ।

सबै मन्त्रालयको योजना सहितको रातो किताबको माग गरेको नेपाली काँग्रेसले कर्णाली प्रदेश सभाको छैठौं अबिधेशनको २३ औँ शनिवारको बैठकमा नेपाली काँग्रेस अनुपस्थित भएर बहिष्कार गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको माग अनुसार नै मन्त्रालयहरुले रातो किताब ल्याएका छन् ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले सरकारले आफ्नो माग अनुसार नै मन्त्रालयहरुले रातो किताब ल्याए पनि सबै मन्त्रालयले नल्याउने बेला सम्म आफुहरु रोकिएको जानकारी दिए । सबै मन्त्रालयगत किताबहरु आएपछि ती किताबहरु अध्यायन गरेर मात्रै आफ्नो धारणा सहित प्रदेश सभाको बैठकमा उपस्थित हुने शाहीको भनाई छ ।

बजेट माथि असुन्तुष्टि जनाउदै आएको काँग्रेसले गत असार १०, ११, १५, र १८ गते प्रदेश सभाको बैठक अवरोध गर्दै आएको थियो । सरकारले प्रतिपक्षको माग पुरा गर्न नसक्ने देखेपछि कार्यव्यवस्था समितीको बैठक बसी २० गते सम्मका सारिएको संसद बैठक कांग्रेसले आफ्ना माग पूरा नभएसम्म बस्न नदिने अडान राखेको थियो । तर शनिवारको बैठक भने कांग्रेस सांसदहरुले सभामा उपस्थिति नभएरै बहिष्कार गरे ।

प्रतिपक्ष दलका सदस्यहरु सहभागि नभएपनि बैठक भने सञ्चालन गरिएको थियो । कर्णाली प्रदेशसभामा प्रतिपक्षमा ६ जना नेपाली कांग्रेस र १ जना राप्रपाको तर्फबाट सांसदहरु रहेका छन् । जम्मा ४० जना सांसद मध्ये ३३ जना नेकपाका हुन् ।

शनिबार, आषाढ २०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957