काठमाडौ, असार २४ । हरितालिका तीजलाई लक्षित गर्दै गायक दुर्गेश थापाले बजारमा ल्याएको गीत ‘बीच्चबीच्चमा २’ विवादमा तानिएको छ । एक वर्षअघि सार्वजनिक भएको ‘बीच्चबीच्चमा’ को सिक्वेल गीत ‘बीच्चबीच्चमा २’ को शब्द र संगीत विवादमा तानिएको हो ।

‘बीच्चबीच्चमा २’ माथि शब्द र संगीत चोरेको आरोप लागेको छ । लोककवि अली मियाँको गीत ‘आकाशमै बादलु डम्मै छ’ को अन्तरा हुबहु चोरेको उनीमाथि आरोप छ । मियाँको उक्त गीतमा गायिका हरिदेवी कोइराला र प्रेमराजा महतले स्वर दिएका छन् ।

गायक थापाले आफूले सानोमा गाउँघरमा हुदाँ उक्त गीत सुनेकाले आफूले पनि प्रयोग गरेको तर जानेर नै प्रयोग नगरेको स्वीकार गरेका छन् । आफुले धेरै गीतहरु सिर्जना गरीसकेको र त्यतिका लागि चोर्नुपर्ने आवश्यक नभएको उनको स्पष्टिकरण छ । त्यस्तै गायक पशुपती शर्माको ‘कुरो आफैं बुझ मायाले’ गीतको संगीत गायक थापाको सो गीतको संगीतसँग मेल खान्छ ।

विवादकैबीच अहिले गायक थापा ‘बीच्चबीच्चमा ३’ को तयारीमा लागेका छन् । बेसारे नामक सो गीत छिटै बजारमा आउने उनले जानकारी दिए । गायक थापाको तिहार गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत पनि विवादमा तानिएको थियो । सो गीतमा प्रयोग भएका केही शब्दमा आपत्ती जनाउँदै उनीमाथि उजुरी नै परेको थियो ।

भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोला…………..

बुधबार, आषाढ २४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
समाचार : [email protected]
सुचना तथा विज्ञापन : [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957