काठमाडौ, असार २५ । भारतीय अभिनेता सुशील गौडा मृत भेटिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार गौडाको शव बुधवार मण्ड्या जिल्लाको आफ्नै घरमा भेटिएको छ ।

प्रहरी स्रोतका अनुसार उनको मृत्युको कारण अझै स्पष्ट हुन सकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान शुरू गरेको छ । उनको हत्या कि आत्महत्या भन्ने विषयमा अनुसनधान शुरू भएको हो ।

३० वर्षका गौडाले एक टेलिभिजन सिरियलमा काम गरेका थिए र उनको एक चलचित्र प्रदर्शन हुन बाँकी छ र सालागा नामको सो चलचित्रमा दुनिया विजय नायक छन् भने गौडाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

सोशल मिडियामा शोक व्यक्त गर्दै विजयले लेखेका थिए, ‘जब उसलाई भेट्ने बित्तिकै मलाई लाग्थ्यो कि उनी एक दिन एक ठूलो अभिनेता बन्नेछन् ।’

यस बाहेक अर्का अभिनेता धनंजयले पनि ट्वीट गरेर दुख व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘सुशील मलाई थाहा छैन तपाईं कस्तो परिस्थितिबाट गुज्रिरहनु भएको थियो तर तपाईको सुन्दर भविष्य थियो । तपाईले आफ्नो राम्रो दिन पर्खनु पर्ने थियो । तपाईंको आत्मा शान्तिमा पाओस् ।’

गौडा अभिनेताका साथै जिम ट्रेनर पनि थिए । यसअघि भारतीय अभिनेता सुशान्त सिंह पनि मृत भेटिएका थिए । उनले आत्महत्या गरेको बताइँदै आएको छ ।

वर्ष २०२० भारतीय सिने उद्योगका लागि दुःखद् रह्यो । इरफान खान, ऋषि कपूर, सुशान्त राजपूतलगायतका सेलिब्रेटीहरुको मृत्यु भयो । ऋषि र इरफानले क्यान्सरसँग जुध्दाजुध्दै मृत्युवरण गरे भने सुशान्तले डिप्रेसनको शिकार भएपछि आत्महत्या रोजेका थिए ।

बिहिबार, आषाढ २५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
समाचार : [email protected]
सुचना तथा विज्ञापन : [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957