काठमाडौ, असार २५ । नेपालमा बिना अवरोध भित्रिरहेका भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ ।

नेपालका बारेमा पछिल्ला केही महिना यता गलत प्रचारमा संलग्न रहेका सबै भारतीय समाचार च्यानलहरुको प्रशारण रोकिएको हो ।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रशारण नेपालमा बन्द गरेका हुन् । बिहीबार साँझदेखि दूरदर्शन बाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको एमएसओका अध्‍यक्ष दिनेश सुवेदीले जानकारी दिए ।

मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले पनि वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको सचारमाध्यमलाई जानकारी गराएका छन् ।

केही समययता भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेका छन् भने पछिल्लो समय प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक विषय प्रशारण गरेपछि नेपालमा त्यस्ता च्यानल बन्द गर्नुपर्ने माग पनि बढेको छ ।

बिहिबार, आषाढ २५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
समाचार : [email protected]
सुचना तथा विज्ञापन : [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957