सुर्खेत, असार २६ । कर्णाली प्रदेश सरकारले सर्वसाधारण नागरीकका लागि आफुखशी कोरोना परिक्षण गर्न सकिने व्यवस्था मिलाएको छ ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेश अस्पताललाई पनि शुल्क लिएर पीसीआर परीक्षण गर्न स्वीकृति दिए अनुसार मन्त्रालयले कर्णाली प्रदेश अस्पतालसहित ६ वटै प्रदेशका एक–एकवटा अस्पतालाई यस्तो सुविधा दिएको हो ।
यसअघि यो सुविधा काठमाडौंको वीर, त्रिवि शिक्षण र पाटन अस्पताललाई मात्र दिइएको थियो । पत्रमा सम्पूर्ण परीक्षणको २५ प्रतिशतमा नबढ्ने गरी ५ हजार ५ सय शुल्क लिएर परीक्षण गर्न स्वीकृति दिने उल्लेख छ ।
अस्पताल निर्देशक डा. डम्बर खड्काले सरकारको यस्तो निर्णयले शंका लागेका वा अन्यत्र जान चाहनेले शुल्क तिरेर परीक्षण गरी ढुक्क हुन सक्ने बताए ।
शुक्रबार, आषाढ २६, २०७७मा प्रकाशित गरिएको