सुर्खेत, असार ३० । कोहलपुर नगरपालिकाले बाँके र बर्दियालाई प्रदेश पाँचबाट अलग गरेर कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले पहिले नै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने नगर सभाबाट पारित गराई सकेको अवस्थामा कोहोलपुर नपालले पनि आफ्नो सातौं नगर सभाबाट कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय सर्वसम्मत रुपले पारित गरेको हो ।

प्रदेश पाँचको स्थायी राजधानी अन्ततः बुटवललाई नै कायम गर्ने सम्भावना रहेको भन्दै कोहलपुर नगरपालिकाको नगर सभाले कर्णालीमा गाभिने निर्णय गरेको नगर प्रमुख लुटबहादुर रावतले बताए । नगर प्रमुख रावतले भने ‘कर्णाली प्रदेशको राजधानी सुर्खेत हरेक हिसाबले बाँके र बर्दियालाई उपयुक्त छ, बिहान सुर्खेत पुगेर दिनभर काम गराएर पनि बेलुका सबेरै घर फर्किन सकिन्छ, तर बुटवल पुगियो भने एक दिनमा फर्किन सम्भव हुदैन ।’ त्यसैले कर्णाली प्रदेशमा गाभेको खण्डमा बाँके र बर्दियाका जनतालाई न्याय हुन्छ ।

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने भन्दै विगतदेखी नै यहाँ विभिन्न दवाव मुलक कार्यक्रम हुदै आएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा पटक–पटक छलफल, अन्तरक्रिया गर्नुका साथै दवाव समिति समेत निर्माण गरिएको थियो । प्रदेश पाँचको अस्थायी राजधानी बुटवललाई तोकेपछि बाँके र बर्दियाबासीले कर्णालीमा मिल्नुको विकल्प नभएको बताउँदै आएका छन् । कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारु प्रदेश पाँचको राजधानी बुटवल अपायक पर्ने भएका कारण कर्णालीमा गाभिनुपर्ने आम जनताको माग रहेको बताइन् ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नु नै उत्तम विकल्प भएको बताए । ‘हामीले त एक/डेढ वर्ष पहिले देखी नै यो मुद्दालाई प्रमुख रुपमा उठाउँदै आएका छौं, जबसम्म हाम्रो माग पुरा हुदैन, तबसम्म यो मुद्दालाई छाड्ने वाला छैनौं,’ उनले भने ‘बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि हामीले पटक पटक छलफल तथा अन्तरक्रिया गरेका छौं, समिति गठन गरेर पनि दवाव मुलक कार्यक्रम गरिरहेका छौं ।’

मंगलबार, आषाढ ३०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
समाचार : [email protected]
सुचना तथा विज्ञापन : [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957