सुर्खेत, असार ३१ । सुनको मुल्य प्रतितोला लाख पुग्नै लाग्दा व्यापार नहुंदा सुर्खेतका सुनचाँदी व्यापारीहरु निराश बनेका छन् ।

कोभिड १९ कोरोना भाईरसका कारण देश बन्दाबन्दी (लकडाउन) मा फसेका बेला अन्तराष्ट्रिय मुद्राको दरमा ह्वात्तै वृद्धि भएपछि सुनको मुल्य लाख कै आसपासमा पुगेको बेला व्यापार मन्द भएको र किन्ने भन्दा बिक्रि गर्ने बढी भएकाले सुनचाँदी व्यापार निराशाजनक भएको हो ।

नेपाली बजारमा असार लागेदेखि नै लगातार नयाँ उचाइको कीर्तिमानी स्तर पार गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले रेकर्ड तोड्न अझै बाँकी छ ।

नेपालमा साउन महिनामा सुन किन्नू भन्ने गरिन्थ्यो तर अहिले परिस्थिति फेरिएको छ ।

साउने सक्रान्तिको पूर्वसन्ध्यामा असार ३० गते स्थानिय वीरेन्द्रनगर सुर्खेत बजारको मुल्य ९३ हजार सात सय भएको कर्णली प्रदेश सुनचाँदी व्यवसायी संघले जनाकारी दिएको छ ।

नेपालमा ९० प्रतिशतभन्दा बढी सुनको व्यापार गरगहनाको प्रयोजनमा हुने तर अहिले गरगहना किन्ने भन्दा बेच्ने बढी भएको व्यावसायीहरुको गुनासो छ ।

सन् २००८ बाट सुरु भएको वित्तीय संकटका बेला अन्तर्राष्ट्रिय बजारमा चुलिएको सुनको भाउ सन् २०११ को अन्त्यतिर कीर्तिमानी उचाइमा पुगेको थियो ।
त्यसबेला प्रतिऔंस १८९० अमेरिकी डलर पुगेपछि ओरालो लागेको यो बहुमूल्य धातुको माग अहिले सर्वाधिक बढेको छ। सोमबार १८०२ डलर पुगेको सुनको मूल्य मंगलबार थप चार डरल उक्लिएको छ।

अन्तर्राष्ट्रिय बजारको मूल्य शृंखलामा सुनलाई सबैभन्दा महत्वपूर्ण वस्तु मानिन्छ। संसारमा सीमितिमात्र पाइने अर्थात् ज्यादातर दुर्लभ भएकाले यो धातुको मूल्य उच्च भएको हो । एक सय वर्षअघि सुन र अमेरिकी डलरको भाउमा विपरीत सम्बन्ध हुन्थ्यो । अहिले पेट्रोलियम र सुनको मूल्यमा त्यस्तो विपरीत सम्बन्ध देखिन्छ ।

विश्व अर्थतन्त्र चलायमान भएको र संसारभर नै आर्थिक गतिविधि उच्चदरमा बढेको बेला सुनको भाउ सस्तिन्छ किनकी, धनि मानिस सुन बेचेर आर्थिक गतिविधिमा पैसा लगानी गर्न थाल्छन् ।
त्यस विपरीत आर्थिक गतिविधि खस्किए, द्वन्द्व र महामारीको अवस्था सिर्जना भयो भने चाहिँ मानिस सेयर, डिबेन्चरदेखि अन्य सम्पत्ति बेचेर सुन किन्न थाल्छन् । किनभने सुन संसारको सबैभन्दा सुरक्षित लगानी मानिन्छ ।

अरु बेला सुन बेच्नुको कारण पनि त्यही हो, सुरक्षित लगानीबाट असाधारण प्रतिफल पाइँदैन । सुनको मात्रै किनेर बस्ने हो भने मान्छेले पैसा कमाउन सक्दैन । तर सुनमा गरेको लगानी जस्तोसुकै खराब परिस्थितिमा पनि डुब्दैन भन्ने मान्यता छ। हामीले नेपाली सेयर बजारमा धेरैले कमाएको र गुमाएको देखेका छौं। तर सुनमा लगानी गरेर धेरै गुमाउनु परेको छैन ।

भारतीय रुपैयाँ (भारु) सँगको स्थिर विनिमय दर भएकाले नेपाली रुपैयाँ पनि भारुकै हैसियतअनुसार चल्छ। मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको सन्दर्भ मूल्य १ सय २० रुपैयाँ ६१ पैसा तोकेको छ ।

बुधबार, आषाढ ३१, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
समाचार : [email protected]
सुचना तथा विज्ञापन : [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957