सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना कोभिड १९ लाई जितेर घर फर्किनेहरुमाथि विभिन्न हिंसा र दुव्र्यवहार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रशासनले वित्रप्ति जारी गरि क्वारेनटाईन आसपासका समुदायले कोरोना प्रभावितलाई दुव्र्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा गर्ने गरिएको भन्दै प्रशासनले कडा कारबाही गर्ने जानकारी दिदैं यस्तो अपमानजनक व्यवहार नगर्न सबैमा अपिल गरेको हो ।

प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ संक्रमित र संक्रमण जितेका व्यक्तिमाथि घरपरिवारका सदस्य, छिमेकी तथा अन्य व्यत्तिहरुले होच्याउने, अपमानित व्यवहार गर्ने, घृणा गर्ने, दुव्यवहार गर्ने जस्ता अमानवीय कार्य गर्नु कानुन विपरित छन् ।

यस्ता दण्डनीय कार्य गर्ने विरुद्ध गाउँ नगरपालीका , प्रहरी वा प्रशासन कार्यालयलाई समयमै सुचना उपलब्ध गराई पीडितलाई न्याय प्रदान गर्नका लागि सबैसंग सहयोगको अपेक्षा गर्दछौं । प्रशासनले कानुन विपरीत यस्ता कार्य गर्ने जोकोहीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।

संक्रमितलाई मानसिक रुपमा बलियो बनाउन घृणा हैन माया गर्नुपर्ने भएकाले मानवीय व्यवहार गर्नुपर्ने बताईएको छ ।

शुक्रबार, साउन ०२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957