एजेन्सी । सामान्य वा शल्यक्रिया गरेर बच्चा जन्माएका महिलाहरुको पेटमा ‘स्ट्रेच माक्र्स’ बस्छ । गर्भवती भएको अवस्थामा पेटको छाला तन्किएर बसेको धर्साका कारण धेरै महिलाहरुलाई पछि निकै समस्या पर्ने गर्छ ।

गर्भवती भएको १३ देखि २१ हप्तामा पेटमा यस्तो धर्सा बस्न सक्छ । करिब ९० प्रतिशत महिलाहरुमा गर्भवती भएको समयमा पेट, तिघ्रा, पुठ्ठा र स्तनमा गुलाबी, रातो, खैरो वा प्याजी जस्ता रङ्गका धर्सा बस्न सक्छ । यस्ता, धर्साका कारण महिलाहरुलाई सौन्दर्य समस्या पर्न सक्छ । त्यसले यसका लागि घरमै औषधि बनाउन सकिन्छ ।

किन हुन्छ ‘स्ट्रेच मास्र्क’
१) गर्भवती भएको समयमा पेट बढ्ने र तौल बढ्ने कारण
२) हर्मोनमा आउने परिवर्तन

केमिकलयुक्त क्रिम
बजारमा थुप्रै प्रकारका क्रिमहरु भेटिन्छन् । बजारमा पाइने यस्ता स्ट्रेच मास्र्क हटाउने क्रिमहरुमा केमिकलको मात्रा प्रसस्थ हुन्छ । यसले झनै छालामा नोक्सान पुर्याउँछ ।

घरमै बनाउनुस् यस्तो तेल
जोजोबा तेल २०० ग्राम
भिटामिन ई क्याप्सुल ३
शिया बटर १० ग्राम
ल्याभेन्डर एसेन्शियल तेल १० थोपा

बनाउने तरिका
माथि दिइएका तेललाई एउटा प्यानमा मिसाएर हल्का तातो बनाउने । र यसमा शिया बटर हालेर मन्द तापमा केही समय पकाउने । त्यसपछि तेल राम्रोसँग पाकेपछि त्यसलाई चिसो बनाउने र बोतलमा हालेर राख्ने ।

कसरी प्रयोग गर्ने ?
स्ट्रेच माक्र्स भएको ठाउँमा तयार भएको तेल लगाएर हल्का मसाज गर्ने । त्यसको ३० मिनेटसम्म तेल सोसिन दिने । त्यसपछि ताजा पानीले नुहाउने । हरेक दिन एक पटक यसरी मसाज गर्दै जाने हो भने केही दिनमा नै यस्तो धर्सा गायब हुनसक्छ ।

के फाइदा छ ?
भिटामिन ई, भिटामिन बी , कपरका साथै यस तेलमा थुप्रै प्रकारका पोषक तत्त्वहरु पाइन्छन् । जसले दागहरु मेटाउने काम गर्छ । साथै, यसले छालालाई नरम बनाउँछ । जसले चिलाउने, एलर्जी जस्ता समस्या कम हुन्छ ।

सोमबार, साउन ०५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957