काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक थापाले बताए ।


थापाका अनुसार आलमले विभिन्न व्यक्तिको फेसबुकमा अनाधिकृत रुपमा पहुँच बनाएर ती व्यक्तिको आफन्तसँग पैसा अत्यावश्यक भएको भन्दै १० हजारदेखि ५० हजार रुपैयाँसम्म माग्ने गरेको पाइएको छ ।

‘अफ्ठ्यारोमा रहेको बताउँदै साथीको खाता भनेर आफ्नो बैंक खाता नम्बरमा उनले रकम पठाउन लगाउने गरेका रहेछन्’, थापाले भने, ‘पछिल्लो पटक यसै गरी ठगिएको ५० हजार रुपैयाँ निकाल्दा निकाल्दै उनलाई सुनसरीमा पक्राउ गरेका छौं ।’

महाशाखाका एसपी होविन्द्र बोगटीका अनुसार हालसम्म आलमले ७५ हजार रुपैयाँ ठगी गरेको जाहेरी परेको छ ।

तर, उनको बैंक खातामा ठूलो परिमाणको कारोबार रहेको पाइएको छ । त्यसैले प्रहरीले विस्तृत अनुसन्धान थालेको छ ।

सोमबार, साउन १२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
समाचार : [email protected]
सुचना तथा विज्ञापन : [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957