मंगलवार कर्णालीमा ३७७ जनाले जिते कोभिड, ४८० जना संक्रमित थप

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३ सय ७७ जना संक्रमितहरु कोभिड जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना जित्नेको संख्या १३ हजार ७ सय १७ पुगेको छ । यस्तै, थप ४ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ सय १ जनाको पीसीआर परीक्षण गर्दा २ सय १५ जना र […]

कर्णालीका २ सहित १२ वटा अस्पतालका लागि थप रकम विनियोजन

काठमाडौं । कर्णाली प्रदेशका दुई अस्पताल सहित देशभर विभिन्न १२ वटा अस्पताललाई अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि थप ८ करोड १० लाख रुपैयाँ छुट्याएको छ । दैलेख अस्पताल र चौरजहारी अस्पताल रुकुम पश्चिम अस्पतालका लागि ७५ लाख रकम विनियोजन गरिएको अर्ग मन्त्रालयले जनाएको छ । स्वास्थ्य […]

स्रोत परिचालन र तयारी गर्न मन्त्री नेपालीको निर्देशन

सुर्खेत । आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्री माननीय सिता कुमारी नेपालीले प्रदेशका सम्बन्धीत विषयगत क्षेत्रका सरोकारवाहरुसँग स्रोत परिचालन र तयारी गर्न निर्देशन दिएकि छन् । सोमबार नेपालीको अध्यक्षतामा भएको भ्रर्चुअल अन्तरक्रियामा कर्णाली प्रदेशमा बढ्दो कोरोना संक्रमण तथा सक्रिय मनसुनको अवस्थालाई मध्यनजर गर्दै यसको पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धी विषयगत क्षेत्रका सरोकारवालहरुलाई कार्यअधिकार […]

कोरोना विरुद्ध लड्न कर्णाली सरकारको १ अर्बको बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि झण्डै एक अर्ब बराबरको बजेट निकासा गरेको छ । कर्णाली सरकारले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि कर्णालीका ३३ स्थानीय तह अन्तर्गतका रणनीतिक अस्पतालहरूलाई उक्त रकम प्रदान गरिने जनाएको छ । चालु आव २०७७/७८ मा कोभिड १९ को रोकथाम, नियन्त्रण र प्रतिकार्य व्यवस्थापनका लागि […]

ज्वरो र रुघा देखिनासाथ कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको आग्रह

काठमाण्डौ । रुघा, खोकी, ज्वरो, जीउ दुख्ने लगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् । रुघा र ज्वरो मात्रै भएकालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै उनीहरुले यस्ता समस्या देखिएमा कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको अनुरोध हुन् । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ संस्थाले गरेको भर्चुअल छलफलमा त्रिवि शिक्षण अस्पतालका डाक्टर सन्तकुमार […]

कर्णालीका पत्रकारको निःशुल्क परामर्शदातामा डाक्टर के.सी. र डाक्टर न्यौपाने

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसी र जनरल फिजिसियन डाक्टर प्रदिप न्यौपानेले कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टरद्वय बीच कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरि शुक्रबार सम्झौता भएको छ […]

खोप अभियानमा अमेरिकाले चाइनिज सिरिन्ज प्रयोग नगर्ने

काठमाण्डौं । अमेरिकाले आफ्नो देशमा जारी कोरोनाविरुद्धको खोप अभियानमा चिनियाँ कम्पनीले उत्पादन गरेको सिरिन्ज प्रयोगमा रोक लगाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एडनिनिस्ट्रेशन एफडिएले चीनको स्वास्थ्य उपकरण बनाउने ग्वाङदोङ हाइयु मेडिकलद्वारा निर्मित सिरिन्जमार्फत खोप लगाएका व्यक्तिको हात सुन्निने र सुई समेत भाँचिने गरेको भन्दै प्रयोगमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकाले […]

स्वास्थ्यकर्मीले माफी मागेपछि आफन्तले बुझे शव

सल्यान । स्वास्थ्यकर्मीले लिखित माफी मागेपछि १० घण्टा पछि आफन्तले शव बुझेका छन् । स्वास्थ्यकर्मीले समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आन्दोलन गरेका थिए । शुक्रबार बिहान ४ बजे बनगाड कुपिण्डे नगरपालिका ७ घर भई हाल वडा नम्बर १ सल्लीबजारमा बस्दै आएका ४९ वर्षीय भोल बहादुर बुढाको मृत्यु भएको थियो । […]

कर्णालीमा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता दिने निर्णय गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना महामारीमा रातदिन नभनि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप थप भत्ता दिने निर्णय गरेको हो । प्रदेशमा बसेर काम गरुन् भन्ने हेतुले एकसय ३५ प्रतिशत सम्म थप प्रोत्साहन रकमको व्यवस्था […]

कोभिडसंग लड्न पार्टीको सम्पूर्ण शक्ति परिचालन गरौँ जनार्दन शर्मा

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले कोभिड १९ कोरोना भाईरसबाट जनताको जीवन रक्षा गर्नको लागि पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।  कर्णाली प्रदेश अन्तरगत माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा संयोजकहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका शर्माले स्वास्थ्यकर्मी सहितको स्वयमसेवक टिम बनाएर वडा वडामा परिचालन […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेत नेपालमा र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्राेडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
दर्ता नं : 15475/078/079

हाम्रो टीम

प्रकाशक : ज्वाला प्राेडक्सन नेपाल
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संवाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957