बाँके, असार १३ । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्ज त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए […]
सुर्खेत, असार १२ । कर्णाली प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार नयाँ पुष्टि हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका १२ जना, बराहताल गाउँपालिकाका १ जना रहेका छन् । दैलेख दूूल्लु नगरपालिकाका ५ जना, सल्यानको सारदा नगरपालिकाका ३ जना, जाजरकोटको शिवालय गाउँपालिकाका २ जना, मुुुगुको छायाँनाथ रारा नगरपालिकाका १ जनामा कोरोना पुष्टि […]
सुर्खेत, असार ११ । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतवार कोरोना संक्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखियो । पीसीआर परीक्षणबाट तीमध्ये पाँच जनामा संक्रमण पुष्टि भयो । दैलेखका दुई तथा सुर्खेतका एक गरी […]
काठमाण्डौं, असार ११ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ । यसैविच, कर्णाली […]
सुर्खेत, असार १० । कोरोना भाइरसका कारणले गर्दा तीन महिनादेखि बजार व्यवसाय बन्द नै छ । त्यसभन्दा अगाडि पनि गत वर्ष असार महिनादेखि सुनचाँदी व्यवसाय अलिकति सुस्त अवस्थामा गइरहेको थियो । त्यतिबेला हामीले बैंकमा भएको सुन पनि उठाउन सक्ने अवस्था थिएन । सुनको मूल्य बढेका कारणले गर्दा बजार चलेको अवस्था थिएन । बजारमा सुनको माग […]
सुर्खेत, असार ९ । कर्णाली प्रदेशमा हालसम्म एक हजार तीन सय सात जनामा कोभिड १९ कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मात्र थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या १३०७ पुगेको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला […]
एजेन्सी काठमाण्डौ, असार ९ । धेरैजसो महिलाको मासिक स्रावको चक्र २८ दिनको हुन्छ । २८ दिनको हाराहारीमा मासिक स्राव हुन्छ । यसमा ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन प्रक्रिया २८ दिनको मासिक चक्रका बीच १४ औं दिनमा सुरु हुन्छ । यसमा पहिलो दिन २४ घण्टासम्म अण्ड जीवित रहन्छ । त्यसैगरी स्पर्म ५ देखि ७ दिनसम्म जीवित रहन सक्छ […]
सुर्खेत, असार ९ । सुनको भाउ अझै बढ्न सक्ने संकेत देखिएको छ । सोमबार ईतिहास कै महंगो भएको सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीको भनाई छ । सोमबार स्थानिय वीरेन्द्रनगर सुर्खेतको बजार भाउ तोलामा ९२ हजार १ सय रुपैयाँ रेहेको सुनको मुल्य अझै बढ्न सक्ने देखिन्छ । यो अहिलेसम्मकै महंगो दर हो । आइतबारको तुलनामा […]
काठमाण्डौं, असार ८ । बलिउडमा चर्किएको परिवारवादको मुद्दाले नेपालमा पनि हलचल मच्चाइरहेको छ । नेपाली चलचित्रमा पनि परिवारवाद हाबी भएको भन्दै केही कलाकारले आवाज उठाइरहेका छन् । नेपालमा चलचित्रकर्मीकै छोराछोरीको रुपमा यो क्षेत्रमा आउने कलाकारको संख्या थोरै छ । नायक अनमोल केसी, नायिका सुहाना थापा, नायक सलोन बस्नेत, नायिका केकी अधिकारी, नायिका निरीषा बस्नेतलगायत चलचित्रकर्मीका […]
सुर्खेत, असार ७ । सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा ५ भर्रेनीका एक युवकको आइतबार विहान मृत्यु भएको हो । क्वारेन्टिनमा आरडिटी (र्यापिड डाइग्नोष्टिक टेस्ट) गर्दा उनमा कोरोना एन्टीबडी नदेखिएपछि घर पठाइएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिइन् । छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन […]