काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ । पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको कमिटीमा अर्की उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजक तोकिएको छ । कमिटीमा केही राजनीतिक व्यक्तित्व र पूर्वसुरक्षाकर्मीलाई आवश्यकतानुसार सदस्यका रूपमा थप गरी जिम्मेवारी दिने पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए […]
काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई आज हाजिर जमानीमा छाड्ने तयारी भएको छ । बुधबार र बिहीबार दुई दिनमा महरासँगको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार आज कार्यालय खुलेपछि हाजिर जमानीमा छाड्ने या म्याद थप गर्ने निर्णय हुनेछ । यद्यपि उनको स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छाड्ने […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनासम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता नदेखिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ आएसँगै कांग्रेसले प्रमाण प्रशस्तै रहेको दाबी गर्दैैै छानबिनका लागि संसदीय समिति गठन […]
सुर्खेत । नेपाल सुनचाँदी व्यवसायी महासंघको सभापतीमा पुन जनक सुनार निर्विरोध चयन भएका छन् । शनिबार प्रदेश राजधानी सुर्खेको वीरेन्द्रनगरमा सम्पन्न महासंघको तेस्रो साधारण सभा तथा दोस्रो अबिधेशनबाट सुनारको नेतृत्वमा १४ सदस्यिय नयाँ कार्यसमिति बनेको हो । नव गठित समितिमा उप सभापति लोकेन्द्र बहादुर थापा सुर्खेत र हर्क बहादुर सुनार दैलेख भयन भएका छन् । […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेपछि विवादित भएको छ । कार्यालयले ३० गतेसम्म मात्र भएको चैत महिनामा ३१ गते पनि परीक्षा तालिका निकालेपछि विवादित भएको हो । त्रिविले शुक्रबार सार्वजनकि गरेको परीक्षा तालिकामा बीबीएसको ‘माइक्रोइकोनोमिक्स फर बिजनेस’ विषयको परीक्षा चैत ३१ गते हुने उल्लेख छ […]
सुर्खेत । सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशन भोली शनिवार वीरेन्द्रनगर सुर्खेतमा हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेश समितिको आयोजनामा कार्यक्रम हुने भएको हो । प्रदेश भर छरिएर रहेका सुनचाँदी व्यवसायीको हतहितका लागि वकालत गर्ने संगठनको प्रथम अधिबेशन २०७८ सालमा सम्पन्न भएको थियो । जसबाट जनक […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्न लागेको हो । यसअघि गत फागुन २८ गते बोलाइएको स्थायी समिति बैठक स्थगित गरिएको थियो । बैठकमा पार्टीको विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीले सन्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विषयमा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदैछन् । विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने संघीयसंसद सचिवालयले जनाएको छ । सत्ता फेरबदलसँगै प्रधानमन्त्री दाहालले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत वर्ष पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि उनले पुस २६ मा […]
काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदैछ । आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने कार्यतालिका छ । राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा […]
काठमाडौँ । सत्ता समीकरण बदलिएसँगै बनेको मन्त्रिपरिषद् विस्तारका लागि नामावलीसहितको पत्र बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । आजै सपथ गराउने तयारी स्वरुप उनी राष्ट्रपति कार्यालय पुगेका र राष्ट्रपतिले समय तोकेपछि सपथग्रहण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सम्भवत ५ बजेतिर सथप गर्ने तयारी गरिएको जनाइएको छ । केही मन्त्रीहरूलाई बिदाइका […]