दैलेख । व्यापार तथा पर्यटन प्रवर्धनको उद्देश्यसहित उद्योग वाणिज्य संघ दैलेखले कर्णाली प्रदेश औद्योगिक, पर्यटन कृषि तथा व्यापार मेला गर्ने भएको छ । संघले यही माघ २६ गतेदेखि फागुन ६ गतेसम्म सदरमुकाम दैलेख बजारमा व्यापार मेला गर्न लागेको हो । संघले नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी जिल्ला तथा समग्र कर्णाली प्रदेशको […]
काठमाण्डौं । सहकारीमा भएको करोडौं ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका पूर्वसहकमर्मी जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन प्रबन्धत निर्देशक लामिछानेविरुद्ध युवराज सफलले सहकारी विभागमा उजुरी दर्ता गराएका हुन् । लामिछाने र राई दुवैविरुद्ध छानबिन र कारबाही मागसहित सफलले […]
काठमाडौं : कर्णाली लगायतका देशका अधिकांस भुभागमा साधारण माैषम बदलीकाे सम्भावना रहेकाे छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बुधबार बिहान देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईमा हुस्सु र कुहिरो लागेको जनाइएको छ । बुधबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था […]
काठमाडौं : रुस–युक्रेन युद्धमा परी थप एक नेपाली युवाको ज्यान गएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३० वर्षीय साजन गुरुङको मृत्यु भएको हो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण विदेश जान लागेको जानकारी गराएका उनी रूसी सेनामा भर्ती भएको र पुस १४ गते मृत्यु भएको खबर मंगलबार आएको माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलका केन्द्रीय […]
पोखरा । पोखरामा जारी चौंथो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश राजित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकी प्रदेश विभागीय टिम नेपाल पुलिस क्लबसँग ३(० को सोझो सेटमा पराजित गरेको हो । गण्डकी प्रदेशको टिमलाई राष्ट्रिय टिमको कप्तानी सम्हालिरहेकी अरुणा शाहीले नेतृत्व लिएकी छन् । […]
धनगढी । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित भएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी […]
काठमाडौं । संघीय संसद्अन्तर्गतका २ वटा समितिको बैठक बुधबार बस्दैछ। कानून, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । बिहान साढे ११ बजे सिहंदरबारमा बस्ने कानून, न्याय तथा मानवअधिकार समितीको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग […]
बाँके । बाँकेको कोहलपुर नगरपालिका ३ मैटहवा नजिक टिप्परले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् । सोमबार बिहान पूर्व – पश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिप्परले ठक्कर दिँदा घाइते भएका हुन् । घाइते हुनेमा बाह्रबर्दिया नगरपालिका ७की ३१ वर्षीया सुनिता नेपाली, बासगढी नगरपालिका ४ बस्ने […]
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजारमा आज बिहीवारदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । महेन्द्रनगरको महेन्द्र स्मारकमा स्वर्गीय राजा महेन्द्र शाहको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले त्यस क्षेत्र आज बिहानदेखि निषेधाज्ञा जारी गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महेन्द्रको सालिक राख्ने तयारी परेपछि विवाद भएको […]
काठमाण्डौ । पछिल्लो एक हप्तामा काठमाण्डौका विभिन्न ठाउँबाट करिब ३० किलो सुन समातियो । विमानस्थलबाट २१ किलो, न्युरोडको सुनचाँदी पसलबाट ७ किलो र नागढुङ्गा नाकाबाट २ किलो गरेर ३० किलो सुन समातिएको हो । यसभन्दा अघि पनि ३३ किलो तथा ६० किलो अवैध सुन विमानस्थलबाट बरामद भइसकेको छ । यसरी बारम्बार ठूलो परिमाणमा अवैधरुपमा सुन […]