त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताए । सिसि क्यामरा फुटेजका आधारमा प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप […]

सेयर धितोकर्जाको जोखिम भार घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत मार्जिन प्रकृतिको सेयर धितोकर्जाको जोखिमभार घटाएको छ । यसअघि १५० प्रतिशतसम्म रहेको सेयर धितोकर्जाको जोखिम भारलाई कम गर्दै केन्द्रीय बैङ्कले ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत कायम गरेको हो । ५० लाख मुनिको सेयर धितो कर्जाको जोखिम भार […]

सरकारले भ्याट लगाएपछि काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प

काठमाडौं । काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प भएको छ । व्यवसायीले आयात रोकेपछि आलु र प्याजको बिक्री पनि रोकिएको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य तोकेको छैन । समितिका प्रवक्ता बिनय श्रेष्ठले व्यापारीहरुले बजारमा आलु र प्याजको कारोबार नै नगरेकाले मूल्य नतोकिएको जानकारी दिए । आलु […]

सामुहिक प्रयासबाट अर्थतन्त्रका समस्या समाधान हुन्छ : कावा प्र.म खड्का

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सामुहिक प्रयासबाट अर्थतन्त्रका समस्या समाधान गरिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवान्छित फाइदा उठाउन खोहिरहेको टिप्पणी गरे । लोकतान्त्रिक व्यवस्थाप्रति नै स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको बताउदै उनले सरकार जिम्मेवारीका […]

प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान : जलवायु सम्मेलन कोप– २८ मा सहभागी हुने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप – २८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति संयुक्त अरब इमिरेट्स (यूएई) जानुभएको छ । नेपाल एअरलाइन्सको नियमित उडानबाट उनि नेतृत्वको टोली दुबई प्रस्थान गरेको हो । दुबईमा आजदेखि सम्मेलन शुरु हुँदैछ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको […]

अनलाइनबाट सामान किन्दा सचेत हुन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरेका हुन् । पछिल्लो समय सामाजिक […]

जाजरकोटमा एक हजार ७६ सुत्केरीको बास त्रिपालमा

जाजरकोट । जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पका कारण जिल्लाका एक लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय​ तथ्याङ्कअनुसार भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार २०६ रहेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार पाँच वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित […]

ताप्लेजुङमा एमाले सचिव भट्टराई सवार गाडी तोडफोड

काठमाडौँ । नेकपा एमालेका नेता तथा केन्द्रीय सचिव समेत रहेका प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडीमाथि ढुंगामुढा भएको छ । आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले भट्टराई सवार गाडीमाथि ढुंगामुढा गरेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार ढुङ्गा लागेर भट्टराई सवार प्रदेश २–०१–००१ च ००४० नम्बरको […]

भारतले दिएको १५ वटा मुर्रा राँगा नेपाल आइपुगे

काठमाण्डौ । भारतले अनुदानमा दिएको उन्नत जातका १५ वटा मुर्रा राँगा बुधवार हिजो नेपाल आइपुगेका छन् । भारत सरकारबाट नेपाललाई बस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार हिजो बाँकेको जमुनाहा नाका हुँदै मुर्रा राँगा नेपाल भित्रिएका हुन् । उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा सम्भावित क्षेत्र पहिचान गरी उच्च प्रजनन क्षमताका मुर्रा राँगा […]

इ मेलसहितको इन्टरनेट सेवा दिने भनेका २ कम्पनीको अनुमति पत्र खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इ मेलसहितको इन्टरनेट सेवाका लागि अनुमति प्राप्त दुई कम्पनीको अनुमति पत्र खारेज गरेको छ । प्राधिकरणले गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि, वीरेन्द्रनगरको अनुमति पत्र खारेज गरेको हो । ती कम्पनीले नवीकरणका लागि समयावधि भित्र नियमानुनसार निवेदन पेश नगरेकाले स्वतः अनुमति पत्र खारेज गरेको प्राधिकरणले आज […]

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957