कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले नफर्किने निर्णय गरेको हो । बैठकको संक्षिप्त निर्णय सुनाउँदै नेकपा एमालेकी सांसद पूर्णा जोशीले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको […]
कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । तर एमालेको माधव नेपाल पक्ष भने सरकारबाट फिर्ता हुने मनस्थितिमा देखिएको छैन । यसैविच, वन तथा वातावरण मन्त्री प्रेम आलेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने सांसदहरुलाई कारवाही गरिने चेतावनी दिएका छन् । […]
काठमाडौं । आज २५६५ औं बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौं […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ । संसद विघटन सम्बन्धि सर्वोच्च अदालतले फागुन ११ गते गरेको फैसला नमानी फेरी संसद विघटन गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा पेश गरेका हुन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री ओलीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई न्याय प्रशासन ऐन २०७३ को दफा […]
काठमाडौं । पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरेका छन् । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको खनालले बताएका हुन् । वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले आफूहरूलाई धकेलेर बाहिर निकाल्न खोजेको आरोप लगाएका […]
काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई […]
काठमाडौँ । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु सिंहदरबारमा पुगेका छन्। विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार भएसँगै नेपाल पक्षका सांसदहरु सिंहदरबारमा आइपुगेका हुन् । एक हलमा हस्ताक्षर संकलन जारी छ। माधव नेपाल, जिवनराम श्रेष्ठ, निरादेवी जैरु, […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसक्ने बताएको छ । आइतबार बसेको राप्रपाको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले जनताको अभिमत र शक्तिबाटै राजनीतिक कमजोरी र विकृति समाधान गर्न सकिने भए पनि महामारी नियन्त्रण नभएसम्म चुनाव निष्पक्ष र स्वतन्त्र नहुने निश्कर्ष निकालेको हो । ‘कोरोना महामारीको विषम परिस्थितिमा […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा परेका दुवै दाबी किर्ते भएको भन्दै खारेज गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको बताएका हुन् ।उनले दुवै दाबी जाली र किर्ते भएको भन्दै […]
काठमाडौं । विपक्षी गठबन्धनका नेताहरुले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाईसकेका छन् । शुक्रबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुको बैठकले नयाँ सरकार गठनका लागि हस्ताक्षर जुटाएको हो । देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा १४९ जना सांसदको हस्ताक्षर जुटेको नेताहरुले काग्रेस सांसद गगन थापाले बताए […]