तत्कालीन सेन्चुरी कमर्सियल बैंकका सीईओ न्यौपाने र गौतम पक्राउ

काठमाडौँ । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पक्राउ गरेको छ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । न्यौपानेसहित १० जनालाई सीआईबीले विभिन्न ठाउँबाट आजै पक्राउ गरेको हो । न्यौपानेसँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि […]

मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने

काठमाडौँ । देशका विभिन्न ठाउँबाट २५ दिन पैदल हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ । हिजो पहिलो चरणको वार्तामा पीडितको मागका बारेमा सरकारी वार्ता टोलीका पदाधिकारीले जानकारी लिएका छन् । गृह मन्त्रालयमा साँझ ७ बजेदेखि डेढ घण्टासम्म भएको वार्तामा मिटरब्याज पीडितको माग आफूहरूले सुनेको सरकारी वार्ता टोलीका उपसचिव एकदेव […]

बंगलादेश र नेपालबीच विद्युत बिक्री वार्ता सकारात्मक, छिटै सम्झौता हुने सहमति

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (पीडीबी) बीचको विद्युत बिक्री वार्ता सकारात्मकरुपमा अगाडि बढेको छ । आउँदो वर्षायामदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने गरी प्राधिकरण र बीपीडीबीबीच सहमति भएको हो । दुवै पक्षबीच जतिसक्दो छिटो विद्युत बिक्री सम्झौता गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बीपीडीबी […]

सुर्खेतमा दादुर रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुदै

सुर्खेत । सुर्खेतमा फागुन १३ गतेदेखि फागुन २५ गतेसम्म दादुर रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहहरूमा दुई चरणमा खोप अभियान सञ्चालन गर्न जानकारी दिएको हो । पहिलो चरणमा फागुन १३ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वटा पालिकामा र दोस्रो चरणमा फागुन २१ गतेदेखि २५ […]

नेपालले पाँचौँ विकेट गुमायो, रोहित पौडेल बाहिरिए

काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपालले पाँचौँ विकेटका रुपमा रोहित पौडेललाई गुमाएको छ । कप्तान रोहितले रनको खाता नै खोल्न सकेनन् । यसअघि अनिल शेख र देव खनाल पनि व्यक्तिगत रुपमा रन बनाउन नसक्दै बाहिरिएका थिए । रोहित बाहिरिँदा नेपालले २४ ओभरको दोस्रो बलसम्मको खेलमा पाँच विकेट गुमाएर ११० रन […]

दैलेखमा १२ वर्षीया बालिका बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले १२ वर्षीय बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा २२ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का २२ वर्षीय विकास बूढा रहेका छन् । बुढाको घरमा बस्दै आएकी १२ वर्षीय बालिकालाई विकासले फागुन ३ गते यौन दुरूपयोग गरेको भन्ने जाहेरी प्रहरीमा परेपछि उनलाई पक्राउ गरेको […]

कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल

काठमाण्डौं । हिजो सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा आज मंगलबारसम्म पाँच वटा प्रतिवेदन पेस भएका छन् । बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका थिए । त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान […]

प्रकाश ज्वालालाई फिर्ता बोलाउनेबारे एकीकृत समाजवादीमा आन्तरिक छलफल सुरु

काठमाडौँ । भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने कि नबोलाउने भन्नेबारे नेकपा (एकीकृत समाजवादी पार्टी) भित्र आन्तरिक छलफल सुरु भएको छ । गत पुस १३ गते दुई जनाको मृत्यु हुने गरी भएको बालकुमारी घटना जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि पार्टीभित्र मन्त्री ज्वालाबारे आन्तरिक छलफल […]

नेपालले क्यानडासँग तीन एकदिवसीय सिरिज खेल्ने

काठमाडौं  । नेपाली क्रिकेटको टीम एले क्यानडासँग एकदिवसीय शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार ३ खेलको सिरिज आइतबारदेखि मूलपानी क्रिकेट मैदानमा हुने छ । सिरिजको पहिलो खेल आइतबार, दोस्रो खेल मंगलबार र तेस्रो खेल बिहीबार हुनेछ । क्यानले बुधबार विनोद भण्डारीको कप्तानीमा नेपालको ए टिम घोषणा गरेको थियो। […]

एमाले दैलेखमा नयाँ नेतृत्व, अध्यक्षमा शाही

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी दैलेखको अध्यक्षमा सूर्यबहादुर शाही सर्वसम्मत चयन भएका छन् । नारायण नगरपालिका दैलेखमा जारी आठौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । उपाध्यक्षमा प्रेमबहादुर बुढा पनि सर्वसम्मत निर्वाचन भएका छन्। अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये तिलकप्रसाद रिजाल, नन्दकिशोर बस्नेत र प्रेमबहादुर बुढाले शाहीलाई समर्थन […]

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957