सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादीको आधार इलाका रुकुम पश्चिममा आइपुगेका छन् । जिल्लाको एक सहिद मेलालाई सम्बोधन गर्नका लागि हेलिकोप्टर मार्फत उनी रुकुम पुगेका हुन् । रुकुम पुगे लगत्तै प्रचण्ड “जनतासँग माओवादी विशेष रूपान्तरण” अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका ६ र ७ को विस्तारित बैठकमा सहभागी समेत भएका थिए । […]
काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा सरकारले लक्ष्यको ६८/२ प्रतिशत मात्र राजस्व संकलन गर्न सक्यो । यो सो वर्षको लक्ष्य पूरा नभएको अवस्था मात्र नभई अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा संकलित रकमको तुलनामा समेत ठूलो गिरावट हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आव २०७९/८० को अद्यावधिक विवरण अनुसार यस आवमा अघिल्लो आवको तुलनामा राजस्व १०.२ […]
काठमाडौं । नेपाल टी –२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको नेपाल लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ । टी–२० विश्वकप छनोटको तयारीको रुपमा आयोजना गरिएको यस सिरिजमा हरेक टिमले एक […]
काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै अर्जेन्टिनाले खेल जित्यो र ३ अंक जोड्न सफल भयो । लगातार तेस्रो […]
लागुऔषध र कुलत राष्ट्रकै लागि हानिकारक स् रक्षामन्त्री खड्का उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागू औषधविरुद्धको लालटिन अभियानको शुभारम्भ गरेका छन् । लागू औषधका कारण घर, समाज र सिङ्गो राष्ट्रलाई असर पुर्याइरहेको बताउँदै उपप्रधानमन्त्री खड्काले सिङ्गो समाज यसका विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए । उपसभापति खड्काले सीमा नाकामा हुने लागू औषध ओसार–पसार […]
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सङ्घीय संसद् नयाँ वानेश्वरमा बस्न लागेको हो । बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए ।
काठमाण्डाै । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन् । एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरे अनुसार कार्कीले राजीनामा दिएको एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज प्रदेशसभा बैठक बोलाइएको थियो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत नपाए उपधारा ५ […]
प्रदेश खारेजीको माग गर्दै प्रदर्शन गरिने प्रदेश खारेजीको माग राख्दै विराटनगरमा असोज २० गते शनिबार भोली प्रदर्शन गरिदैं छ । संविधान अनुसार तीन तहका सरकारमध्ये प्रदेश तह खारेजी हुनुपर्ने माग गर्दै कन्चनबारीबाट प्रदेश सरकारको मुख्य प्रशासनिक भवन रहेको रोडशेष हुँदै मोटरसाइकल र्याली बजारको परिक्रमा गरेर पुनः कन्चनबारीमा कोणसभा आयोजना गरिएको छ । अभियानको नेतृत्वमा […]
काठमाडौं । बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६।३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५. ३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो । ‘३ बजेर ६ मिनेटको मेनसकपछि […]
सुर्खेत । बुधबारदेखि सुर्खेतमा जारी नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट अध्यक्षमा सल्यानका गुलाबजंग शाह निर्वाचित भएका छन् । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह ३ सय ६९ मतका साथ विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी कालीकोटका मीनबहादुर शाही पराजित भए । शाहीले २०७ मत मात्र पाए। अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत प्राप्त गरे । […]