कर्णाली । कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो । आयुर्वेदिक तर्फ कविराज दुई, रेडियोग्राफर फार्मेसी असिस्टेन्ट छरछ, ल्याब टेक्निसियनतर्फ १२ र स्टाफ नर्सतर्फ ७६ […]
सुर्खेत । कर्णाली प्रदेशमा १६८ जनाले कोभिड १९ कोरोना भाईरस ंसक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २६१ जना संक्रमित थप भएपनि कोरोना जित्नेको संख्यामा पनि बृद्धि भईरहेको स्वास्थ्य सेवा निर्देशानलय सुर्खेतले जनाएको छ । आरटी पीसीआर परीक्षणमा २६१ जना र एन्टीजोन विधिबाट गरिएको परीक्षणमा २८७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सिंहरदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि के गर्ने भन्ने विषयमा छलफल भएको थियो । यसबारे थप छलफल गर्दै जाने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख […]
सुर्खेत । कर्णालीमा कोरोना भाईरस जित्नेको संख्यामा वृद्धी हुन थालेको छ । कोरोनाको उच्च संक्रमणदर भएको अबस्थामा पछिल्लो २४ घण्टामा कर्णालीमा २१० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । होम आइसोलेश र अस्पतालका आइसोलसनबाट डिस्चार्ज हुनेमा सुर्खेतका १२६, जाजरकोटका ३३, सल्यानका २४, कालिकोटका १३, रुकुम पश्चिमका ८, डोल्पाका ४ र जुम्लाका २ जना रहेका छन् […]
काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा कस्तो रणनीति भन्नेबारे नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदको छलफल सुरु भएको छ । सांसद पदबाट राजीनामा दिने वा अरु विकल्पमा जाने भन्ने विषयमा निर्णय लिन नेपाल पक्षका सांसद सिंहदरबारमा छलफलमा जुटेका हुन् । सांसदहरुको छलफलअघि आइतबार नै नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठक […]
काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय गरेका छन् । उनले यसपटकको लकडाउन थप कडा हुने बताएका छन् । लकडाउनभन्दा पहिला कोरोनाको संक्रमण दर ३५ प्रतिशत रहेकोमा यसपटक घटेर २३ प्रतिशतमा आएको उनले बताए । केजरीवालले लकडाउन लम्ब्याउनु आफ्नो रहर नभई बाध्यता भएको उल्लेख गरेका छन् । सोमबारदेखि […]
काठमाडौं । नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकाले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका नेताहरूले बताएका छन् । सोही अनुसार नेपाल पक्षका २० सांसदले शनिबार नै राजीनामा पत्रमा हस्ताक्षर […]
काठमाडौं । प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाले जसरी पनि यो सरकारलाई विस्थापित गर्ने बताएका छन् । शनिबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकको शुरुमा बोलेका सभापति देउवाले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा उभिन निर्देशन दिदैं यो सरकार बदल्नुपर्ने बताएका हुन् । नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । यही वैशाख २७ गतेको विशेष अधिवेशनमा बैठकमा पार्टीको तयारीलगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो दुई बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ । प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको […]