नेपालगञ्ज। बाँकेमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जना बाँकेका र एक जना बर्दियाका बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिका १४ की ३८ वर्षीया महिलाको शनिबार बिहान पौने सात बजे भेरी अस्पतालमा मृत्यु भएको छ । भारतको लखिमपुरमा वैशाख १४ गते परीक्षण गर्दा कोरोना संक्रमण […]
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लकडाउनको उल्लंघन गरेको भन्दै सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञा जारी भएको समयमा वीरेन्द्रनगर नगरपालिका ६ बसपार्कमा अनिल बिसीले सञ्चालन गरेको स्नोकर हाउसबाट सात जनालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी रामप्रसाद घर्तीले बताए । उनका अनुसार पक्राउ पर्ने घनश्याम केसी, आकास देबकोटा, वीरेन्द्र शाही, राज घर्ती […]
बाँके । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नगर्ने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ । नेपाल मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरी तीन् सय शैयासम्मको कोभिड […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारीक पत्र संसद सचिवालयमा बुझाएको छ । समर्थन फिर्ताको पत्र माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बुधबार बिहान संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई बुझाएका छन् । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्री ओलीले गत पुस […]
सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतले पत्रकारको नाममा परिचय–पत्र देखाएर हिडेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई कारवाही गर्न अनुरोध गरेको छ । कोरोना महामारीको जोखिम बढी रहेको बेला पत्रकारका नाममा गैर–पत्रकारहरुले परिचय–पत्र देखाएर आवतजावत गरिरहेकालाई स्थानीय प्रशासनलाई कारवाही गर्न महासंघले अनुरोध गरेको हो । महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलसहितको टोलीले मंगलबार वीरेन्द्रनगरमा गरेको अनुगमनमा […]
काठमाण्डौ । श्रमिकले आउँदो साउन १ गतेदेखि १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् । सरकारले न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेसँगै चिया बगानमा काम गर्नेबाहेकका श्रमिकले साउनदेखि १५ हजार रुपैयाँ तलब पाउने भएका हुन् । नयाँ न्यूनतम पारिश्रमिकमा ९ हजार ३ सय ८५ आधारभूत पारिश्रमिक र ५ हजार […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रत्येक जिल्लालाई एक/एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्लामा अक्सिजन सिलिन्डर, अक्सिजन आपूर्तिलगायतका समस्या समधानका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिईन् । प्रत्येक जिल्लामा […]
सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा २१४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २१४ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १७२ जना छन् । यस्तै […]
सुर्खेत । सुत्केरी व्यथा लागेपनि बच्चा नजन्मिएपछि गर्भवतिको उद्दार गरिएको छ । महावै गाउँपालिका १ चिलखाया कालिकोटका २२ वर्षीय शान्ति सिंह शाहीको शनिबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो । लामो सुत्केरी व्यथा लागेपनि बच्चा जन्मन नसकेर ज्यान जोखिममा परेपछि उद्दार गरि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको महिला, बालबालिका तथा जेष्ठ नागरिक […]
बाँके । बाँकेमा थप ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । यो सँगै बाँकेमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १८ र बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ । पछिल्लो समय संक्रमणबाट मृत्यु हुनेमा बाँकेका ३ जना र बाहिरी जिल्लाका ३ जना रहेका छन् । नेपालगन्ज मेडिकल […]