सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले रेडियो समाजको आवाज भएको बताएका छन् । रेडियो बिवि एफ.एम ९३.६ मेगाहर्ज भेरीगंगा नगरपालिका ९ जहरे सुर्खेतको तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री शाहले संस्कृति, परम्परा र विचारहरूलाई सबैसामु पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउदै स्थानीय समुदायको लागि सूचना, शिक्षा र मनोरञ्जनको अभाव पूरा […]
एजेन्सि भारत । नेपालमा गत जेष्ठ १५ गते सम्म सुनको आयात महसुल १५ प्रतिशत थियो जेष्ठ १५ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेटमा सुनको आयात महसुल २० प्रतिशत बनाए । भारतमा पनि सुनको आयात महसुल १५ प्रतिशत नै थियो तर यही साउन ८ गतेको बजेटमा त्यहाँका अर्थमन्त्री निर्मला सीतारमणले उक्त महसुललाई ६० प्रतिशतले घटाउदैं […]
काठमाडौं । त्रिशूली नदीमा गत आठ वर्षमा पूर्व गृहमन्त्रीसहित ५५ यात्रु हराएका छन् । नारायणगढ(मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेका छन् । ती सवारीसाधनमा सवार पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सहित ५५ यात्रु भेटिएका छैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आथिर्क वर्ष २०७३/७४ मा […]
काठमाण्डौ । नागरिकतासम्बन्धी कसुरको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा नेपाल पत्रकार महासङ्घ, नेपाल मिडिया सोसाइटीलगायतले भर्त्सना गरेका छन् । नेपाल पत्रकार महासङ्घले विज्ञप्ति निकालेर अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनासयबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासङ्घले स्वीकार नगर्ने जनाएको छ । महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधका रुपमा लिइएको […]
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (पीडीबी) बीचको विद्युत बिक्री वार्ता सकारात्मकरुपमा अगाडि बढेको छ । आउँदो वर्षायामदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने गरी प्राधिकरण र बीपीडीबीबीच सहमति भएको हो । दुवै पक्षबीच जतिसक्दो छिटो विद्युत बिक्री सम्झौता गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बीपीडीबी […]
काठमाडौं । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरेका हुन् । पछिल्लो समय सामाजिक […]
सुर्खेत । अब सुर्खेतमा रगत आबश्यक परे माेवाईल एप्सबाटै लिन दिन सकिने भएकाे छ । कर्णाली स्वयंसेवक दलले सञ्चालनमा ल्याएको KSD Blood App मार्फत सेवा शनिबार देखि पूर्णरुपमा अपडेट हुन शुरु भएको अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतमा ईन्टरनेटको सुविधा जोडिए सँगै ब्लड एपले पूर्णरुपमा अपडेट हुने […]
स्मार्टफोनमा उच्च गुणस्तरीय तस्वीर तथा भिडियो लगातार जम्मा भइरहँदा फोन ह्याङ हुने र स्पीड पनि धीमा हुने गर्छ । कहिलेकाहीं स्मार्टफोनमा एकैपटकमा दुईवटा काम गर्नुपर्दा ह्याङ भइहाल्छ । स्मार्टफोन स्लो हुने वा ह्याङ हुने समस्याबाट हामी धेरै पीडित भएका हुन्छौं । यदि तपाईं पनि यस्तो नहोस् भन्ने चाहनुहुन्छ भने तपाईंसँग एउटा विकल्प रहेको छ । […]
सुर्खेत । कर्णाली प्रदेशका नाै जिल्ला सहित देशभरका ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड १९ विरुद्धको फाइजर खोप दिइँदै छ । कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ […]
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६० औँ बैठकले मेगा […]